शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १ हजार जनाको मृर्गौला प्रत्याारेपण



काठमाडौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले बुधबार सम्म १ हजार जनाको मृर्गौला प्रत्याारेपण गर्न सफल भएकोछ । बुधबार काभ्रेका १८ बर्षीय छोरालाइ ३७ बर्षकी आमाले मृगौला दान दिनुभएको थियो ।

त्यसैगरी मोरङ जिल्लाकी ५० बर्षीय श्रीमतीलाई उहाँकै ५७ बर्षका श्रीमानले मृगौला दान दिएर १ हजार जना मृगौला प्रत्यारोपितको अंकमा आफ्नो श्रीमतीको नाम दर्ता गराउन सफल हुनुभएकोछ । प्रत्येक १० जना मध्ये १ जनलाई कुनै न कुनै किसिमको मृगौला रोग लाग्ने अनुमान छ । नेपालमा बर्षेनी करीब ३ हजार जनाको मृगौला फेल हुने गरेको र उनीहरु मध्ये धेरैको अंग प्रत्यारोपण नभएर अकालमा मृत्यु हुने गरेको अस्पतालका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ बताउँनुहुन्छ ।

विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको अवस्थामा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउन पर्ने आवश्यकता छ डा.श्रेष्ठ भन्नुहुन्छ । स्थापनाको १० वर्ष अवधिमा डा. श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलिले उल्लेख्य सफलता हासील गरी बर्षेनी करीब २ सय जनाको हाराहारीमा मृर्गौला प्रत्यारोपण गदै आएको र २०७९ पौष २७ गते सम्म १ हजार जनाको सफल मृगौला प्रत्यारोपण भएको अस्पतालले जनाएकोछ । डा.श्रेष्ठको नेतृत्वमा हाल सम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, विर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा र अन्य अस्पतालमा गरी जम्मा संख्या १ हजार ४८ जनाको प्रत्यारोपण भएको बताउनु भयो ।

यस ऐतिहासिक सफलता प्राप्त गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासका साथै पत्रकार, राजनीतिज्ञ, कलाकार, समाजसेवी सबैको उल्लेखनीय योगदान रहेको बताउँनुभयो । मस्तिष्क मृत्यू पश्चात अंग दान तथा ति अंगबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था भएता पनि हालसम्म नगन्य संख्यामा मात्र उक्त कार्य भएको र समयमै मस्तिष्क मृत्यू भएको जानकारी प्राप्त नहुँदा ६ वर्षको अवधिमा जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मृर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको छ ।

डा श्रेष्ठका अनुसार भक्तपुर अस्पतालको लागि निर्माण भएको जम्मा १ सय बेड भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको तथा स्थानको चरम अभावका बाबजुद्ध पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकै दिन ४ जना जिवित व्यक्तिको मृगौला प्रत्यारोपण र मस्तिष्क मृत्यू भएका व्यक्तिको अंगबाट मृर्गौला र कलेजो प्रत्यारोपण गर्नुका साथै १० वर्षको अववधिमा १ हजार जनामा ९९ प्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरेको बताउँनुभयो ।

प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको ७ प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने र भौतिक पूर्वाधार विस्तार गरी केन्द्रलाई ५ सय शैया विस्तार गरी प्रत्यारोपण सेवालाई सबैको पहुँचमा पुर्याउने योजना रहेको छ ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यारोपण सेवा शुरु भैसकेको र निकट भविष्यमा कर्णाली प्रदेश अन्तर्गत सुर्खेत अस्पतालमा केही हप्तामानै मृगौला प्रत्यारोपण गर्ने योजना छ । क्रमश: सुदुरपश्चिम प्रदेश अन्तगत सेती प्रादेशिक अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल र भरतपुर अस्पतालमा प्रत्यारोपण सेवा शुरु गर्नको लागि प्रकृया अगाडी बढी सकेको डा. श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्