रहेनन् निर्देशक झा



सोल्टिनी, चण्डाल, भुतुक्कै भएँ निजस्ता एक जमानाको हिट फिल्मका निर्देशक अरुणकुमार झा अब रहेनन्।
७२ वर्षीय झाको हृदयाघातबाट गत आईतवार निधन भएको हो। उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो।

विभिन्न रोगसँग जुध्दै आएका उनलाई दोस्रोपटक हृदयघात भएको थियो। झाले सोल्टिनीकी नायिका मेघा पोखरेलका साथ दोस्रोपटक विवाह गरेका थिए। सप्तरीको राजविराजका झा मेघाका साथमा काठमाडौंको डिल्लीबजारमा बस्दै आएका थिए। उनको जेठी श्रीमतीबाट दुई छोरा छन्।झाले केही सिरियल र वृत्तचित्र पनि निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्