पूर्वराजा ज्ञानेन्द्र शाह परिवार जनकपुरमा



काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र परिवार जनकपुर पुग्नुभएको छ । केही दिनको सिमरा बसाईपछि स–परिवार जनकपुर पुग्नुभएको हो ।

लामो समयपछि छोरा पारस सहित भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल, बुहारी हिमानी, नाती हृयदन्द्र, नातिनीद्धय पुर्णिका र किर्तिका , छोरी प्रेरणा लगायत छन् ।

आज सोमबार दिउँसो जनकपुर पुग्नुभएका ज्ञानेन्द्र आजै झापा जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । अहिले जनकपुरमा खाना खाएपछि करिब साढे ३ बजे सडकमार्ग हुँदै झापा जाने कार्यक्रम तय भएको छ–स्रोतले न्युज अफ नेपालसंग भन्यो ।

झापामा पुगेपछि केही राजनीतिक भेटघाट गर्नुका साथै पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम रहेको छ ।

राप्रपाले सरकालाई समर्थन जनाएलगत्तै पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक बिदा दिने सर्त राखेको छ । सम्भवत ः सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने गृहकार्य गरिरहेको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्