अर्थमन्त्री पौडेल नेतृत्वले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाइँदै



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने भएको छ ।

आज (शनिबार) कार्यदलले उक्त कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउने भएको हो ।

हिजो (शुक्रबार) १३ पृष्ठ २० बुँदाको नीतिगत प्राथमिकता र कार्यक्रमलाई अन्तिम रूप दिएको उक्त कार्यदलले आजै सत्ता गठबन्धन शीर्ष नेताहरुलाई पेस गरिने कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्