नेपाल चिकित्सक संघले चिकित्सकलाई एक लाख रुपियाँ अवार्ड दिने



Doctor avatar icon. Profession logo. Male character. A man in professional clothes. People specialists. Flat simple vector illustration.

काठमाडौं । नेपाल चिकित्सक संघले दुई जना चिकित्सकलाई एक÷एक लाख रुपियाँ बराबरको अवार्ड प्रदान गर्ने भएको छ । संघले रुपा फाउन्डेसन र सज्जन–श्याम ट्रष्टसँगको सहकार्यमा दुई जना चिकित्सकलाई अवार्ड प्रदान गर्न लागेको जनाएको छ ।

संघले दुवै संस्थासँग सम्झौता गरेको संघले जनाएकोछ । संघले एक जना पुरुष डाक्टर र एक जना महिला डाक्टरलाई एक÷एक लाख रुपियाँ नगदसहित अवार्ड प्रदान गर्न लागेको जनाएको छ ।

रुपा चिकित्सा सेवा अवार्ड प्रत्येक वर्ष नेपाल चिकित्सक संघको स्थापना भएको दिन फागुन २० गते प्रदान गरिदै आएको जनाएको छ । सज्जन–श्याम ट्रष्टको सहयोगमा प्रदान गरिने वेष्ट डाक्टर अवार्ड भने संघको अखिल नेपाल चिकित्सक सम्मेलनका दिन प्रदान गरिने जनाएको छ ।

चिकित्सा क्षेत्रको उत्थानका लागि अतुलनिय योगदान पु¥याउँदै आएका चिकित्सकलाई अवार्ड प्रदान गरिने भएको छ । अवार्डका लागि संघले कार्यविधि बनाएको छ भने सोही अनुसार अवार्ड पाउने चिकित्सकको छनोटका लागि छनोट समिति समेत बनाइसकेको संघले जनाएका ेछ ।

प्रतिक्रिया दिनुहोस्