एमाले–माओवादी गठबन्धनको सरकारमा सहभागी हुन जसपाले राख्यो तीन सर्त



काठमाडौं । एमाले–माओवादी केन्द्र गठबन्धनको सरकारमा संलग्न हुन जसपाले तीन सर्त अगाडि सारेको छ । जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठकले सरकारमा संलग्न हुन तीन सर्त अगाडि सारेको हो ।

यस्ता छन् जसपाका सर्त :

पहिलो, संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्विकार गर्ने, राजनीतिकविचार र सिद्दान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका यी मूलभूत सिद्दान्तहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकुल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम आएमा ।

दोस्रो, जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा ।

तेस्रो, शक्ति बाँडफाँड सम्मानजनक नभएको अवस्थामा ।

प्रतिक्रिया दिनुहोस्