तीन जना बालकको उद्दार



झापा । प्रहरीले तीन जना बेवारिसे बालकको उद्दार गरेको छ । आज (आइतबार) दिउँसो जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट उनीहरुलाई प्रहरीले उद्दार गरेको हो ।

तीन बालक बेवारीसे अवस्थामा भौतारी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उद्दार गरेकाे छ ।

प्रहरीले १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमञ्च मगरलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधि र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरी स्थित रहेको अस्थायी संरक्षण केन्द्र (ख्इऋ) मा पठाईएको डिएसपी पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्