प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो ।

मंगलबार राति नेकपा (एमाले)का उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो ।

आज (बुधबार) बिहानैदेखि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ भने, अहिले खुमलटारस्थित प्रचण्ड निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भइरहेको छ ।

उक्त वार्तालाई निर्णायक हुने आंकलन गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे एकीकृत सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्