निवर्तमान प्रधानमन्त्री देउवाले आज बालुवाटार छाड्दै



काठमाडौं ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो । देउवा बुढानीलकण्ठ निजी निवास फर्किने तयारी छ । देउवानिकट स्रोतकाअनुसार बूढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेकाले उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्