सिके राउत पनि पुगे बालकोट



काठमाडौं  ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार दलका नेताहरुको छलफलमा सहभागी हुन अध्यक्ष राउत बालकोट पुगेका हुन् ।

बालकोट पुगेर आफू प्रचण्डले बोलाएर बालकोट आएको प्रतिक्रिया दिएका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको डेडलाइन सकिनुअघि दलहरू तीव्र छलफलमा जुटेका हुन् । सत्तारुढ गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि राजनीतिक समीकरण फेरिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्