धेरै गायक -गायिका पारिश्रमिक पाए पुग्ने ठान्छन्: जुनु रिजाल



खोटाङमा जन्मेर विराटनगरमा लेखपढ गरेकी गायिका जुनु रिजालले ८ कक्षाबाटै गायन यात्रा शुरु गरिन्। एसएलसीपछि स्वर संगम संगीतालयमा शास्त्रीय संगीतको कक्षा लिएकी उनले झन्डै दुई दशकअघि पहिलोपटक बाँच्न चाहने जिन्दगी बोलको गीत रेकर्ड गराइन्। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। विभिन्न विधाका गीत गायनबाट लगातार नेपाली सांगीतिक आकाशमा जम्दै आएकी छन्।

लोक, आधुनिक, फिल्मी, तीज गीत, लोकपप, देशप्रेमजस्ता हरके विधाका गीत गाएर संगीतप्रेमीको मन जित्दै आएकी जुनुले हालसम्म करिब तीन सय गीत गाइसकेकी छन्। फुल मञ्जरी, फुल टिप्ने, कसले शुरुवात ग-यो, ड्राइभर दाइ, झिम्काइ देउ परेली, आज गाउँमा, सपनामा आयो परदेशी, मलाई माया गर, तिम्रै झल्को, लुकी लुकी, छम्म छम्म, डाँफेभै नाच्ने नेपालकी छोरी, न दोष तिम्राे न दोष मेरोजस्ता गीतबाट लोकप्रियताको शिखर चुमेकी जुनुका यो जिन्दगीमा तिम्रै नशा छ, आई लभ यु, तिमी गीत हौ कि, पूर्वै चल्ने रेल, चर्खाको, घन घन मादलजस्ता फिल्मी गीत पनि लोकप्रिय छन्।

उनको एकल र संयुक्त सांगीतिक एलबम गरी हालसम्म ५० बढी एलबम बजारमा आइसकेका छन्।प्रस्तोता समाज नेपालको कोषाध्यक्ष, अन्तर्राष्टिझय कलाकार मञ्च नेपाल शाखाको उपाध्यक्ष, भीम विराग साहित्य प्रतिष्ठानको मानार्थ सदस्य, भैरव नृत्य दलको संस्थापक सदस्य रहेकी उनले सांगीतिक प्रस्तुतिका क्रममा भारत र नेपालका विभिन्न स्थानका साथमा साउदी अरब, कतार, इजरायल, अस्टेलिया, युरोप, हङकङ, युकेको भ्रमण गरिसकेकी छन्। गायन यात्राका क्रममा विन्ध्यवासिनी म्युजिक अवार्ड, एक्टिभ म्युजिक अवार्ड, जय प्राप्ति म्युजिक अवार्ड, काव्या म्युजिक अवार्ड, तीज म्युजिक अवार्डजस्ता अवार्डलाई आप्mनो बनाएकी जुनुलाई पति रामचन्द्र काफ्ले पनि गायक भएका कारण सांगीतिक यात्रामा सहयोग पुगेको छ भने दुई सन्तानलाई स्याहार्दै गायन फाँटलाई पनि अघि बढाउँदै आएकी छन्। चर्खा, दालभात तरकारीजस्ता फिल्ममा अभिनय गरेकी उनी कुशल कार्यक्रम सञ्चालिका पनि हुन्। नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले उनीसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ:

हिजोआज के गर्दै हुनुहुन्छ?

गीत रेकर्डिङका कामहरु भइरहेको छ। प्रस्तोता समाजबाट प्रस्तोताहरुलाई रोयल्टी बाँड्ने काम पनि भइरहेको छ। कार्यक्रमहरु पनि भ्याइरहेकी छु। अस्ति भर्खर पनि भारत गएर कार्यक्रममा सहभागी भएर आएँ। अब फेरि फेरि पनि गोर्खा रिजरमेन्टको २५औं वार्षिकोत्सव कार्यक्रममा गीत गाउन भारत नै जाने तयारीमा छु।

बाल्यकालमै संगीत क्षेत्रमा आकर्षित हुनुभएछ?

मलाई संगीतमा लाग्न सायद भगवानले दिएको देन हुनुपर्छ। सानैमा संगीतमा मेरो केही क्षमता देखियो। आफूमा गायन कला भएको देखिएपछि यसैलाई अघि बढाएँ। हुन त म गीत गाउनुका साथसाथै डान्स र एक्टिङ पनि गर्थें। परिवार र साथीभाइले चाहिँ तेरो गायनमा गला खुल्छ, गीत गा भनेर प्रोत्साहित गरेपछि म यतापद्मि आकर्षित भएँ। संगीत भनेको गुरुकुल शिक्षा र मर्यादामा बसेर गनु पर्ने भएकाले संगीत नै रोजेँ।

आज मैले गाएका गीत दर्शक स्रोताले मन पराइदि∫दा संगीत क्षेत्र रोजेर सही निर्णय गरेछु भन्ने लाग्छ। मैले विराटनगरबाट संगीत सिकेको हुँ । त्यहाँ बी.म्युज गर्दागर्दै गान्धर्व संगीत विद्यालय काठमाडौं आएर चन्दन श्रेष्ठसँग पनि संगीतको शिक्षा लिएँ। यसपछि श्री संगीत पाठशालाबाट चण्डीप्रसाद काप्mलेसँग पढे । संगीत सिक्दै व्यावसायिक रुपमा गायन यात्रालाई अघि बढाउँदै लगे। तर, संगीत भन्ने विषय यति ठूलो महासागर रहेछ कि सिकेर कहिल्यै नसकिने रहेछ।

संगीतमा लागेर के पाउनुभयो?

पहिलो कुरा आफूले चाहेको विधामा अघि बढ्दा अपार आत्मसन्तुष्टि मिल्यो। सँगसँगै दर्शक स्रोताको माया पाइयो। आफूसँग कला भएपछि कहीँ पनि अपरिचित भइँर्दैन रहेछ। मान्यगुन्य व्यक्तिले पनि त्यही अनुसार लिनुहुन्छ। संगीतमा लागेकै कारण देश विदेश घुम्न पाइयो, निडर र स्वावलम्बी भइयो। पहिले म मानिसको अगाडि बोल्न सक्दिन थिए । अहिले आत्मविश्वासका साथ बोल्न सक्छु। अर्को मुख्य कुरा आर्थिकरुपमा पनि सबल भइयो। यो सबै संगीतको देन हो।

कुन विधाको गीत गाउँदा रमाउनुहुन्छ?

म सबै विधाको गीत गायनमा इन्जोय गर्छु। तर, विशेषगरी आधुनिक गीत गाउँदाचाहिँ साह्रै नै इन्जोय फिल हुन्छ। अलिकति भाव बोकेको गहन शब्द, मिठास भएको मेलोडियस संगीत र गाउन घाँटी सुहाउँदो गीत होस्, त्यस्तो गीत गाउनुको मज्जा नै बेग्लै हुन्छ। लता मंगेशकर, आशा भोषले, सपनाश्री, मनिला सोताध्रहरुलाई धेरै सुनेकाले पनि होला, उहाँहरुकै शैलीको गीत गाउन मन लाग्छ। त्यस्ता गीतको आयु पनि लामो हुन्छ। उत्ताउलोपनको गीत गाउन मलाई मन लाग्दैन। पछिसम्म सुन्दा पनि पुरानो नलाग्ने, सधैं ताजा र नयाँ लाग्ने कालजयी गीत गाउन मन लाग्छ।

एउटा सफल गायिकाले के–के कुरामा ध्यान दिनुपर्ने रहेछ?

पहिलो कुरा आचरणमा ध्यान दिनुपर्छ। एउटा सफल गायक वा गायिका बन्नका लागि वा सफल संगीतकर्मी बन्नका लागि पहिलो नम्बरमा उसको आचरण नै राम्राे हुनुपर्छ। किनभने मानिसहरु मनबाट चल्ने खालका छन्। त्यसलाई बँध्न सक्नुपर्छ। पर्सनल लाइफलाई छुट्टै राखेर, नराम्रो बानी छन् भने त्यसलाई त्यागेर आचरण शुद्ध पार्न सकियो भने जो कोही मानिसले पनि उसलाई मन पराउँछन्। कसैले मन पराउनुभनेको हामी कलाकारको लागि ठूलो प्लस प्वाइन्ट हो। आचरणसँगै गायन कला त मुख्य रुपमा हुनु परिहाल्यो। गायन कला निखार्नका लागि दैनिकरुपमा रियाज पनि गर्नुपड्डयो। कस्ता खालका गीत मन पराउँछन् भन्ने जनभावनाबुभ्नुपर्‍यो। जनभावना बुझेर त्यहीअनुसार गीत गाउनुपर्‍यो। सुरुवाती दिनमा त म दैनिक चार घण्टा रियाज गर्थें। पछि दुई घण्टा मात्र गर्न थालें। अहिले पनि डेढ दुई घण्टा दैनिक रियाज गर्छु। समर्पित पेशा भएका कारण रियाजमा पनि छुट्टै आनन्द आउँछ।

दुवै जना गायनमा हुनुहुन्छ। दम्पती नै एउटै पेसामा हँदा कस्तो हँदो रहेछ?

दुवैजना एउटै पेशामा हुँदा फाइदै फाइदा हुदोरहेछ। अरुको त म भन्न सक्दिन, हामीलाईचाहिँ फाइदै फाइदा भएको छ। पहिलो कुरा त दुबै एकै पेशामा हुँदा एक-अर्कालाई सपोर्ट हुन्छ। अर्को कुरा हामी दुवै यही पेशामा भएकाले हामी दुवैजना यो क्षेत्रबारे जानकार छौँ। त्यसैले, कार्यक्रममा एक्लै जाँदा, रेकर्डिङ गरेर ढिलो घर फर्कंदा, मानिसहरुसँग बोल्दा, रमाइलो गर्दा एक-अर्कालाई बुभ्छौं। कतिपय मानिसको फ्लटिङ गर्ने बानी हुन्छ, त्यस्तो मान्छेसँग के कसरी कुरा भइरहेको छ भन्ने पनि प्रष्ट भइन्छ। रामचन्द्रजी अलि अझ बढी चलिदिए हुन्थ्यो, उहाँको कलाअनुसार गलाले यथेष्ठ ठाउँ नपाएजस्तो मलाई लाग्छ। उहाँलाई पनि मेरो जुन लेभल हो, त्यसमा नपुगेको, त्यो हाइटमा नपुगे जस्तो लाग्छ। यस्तै, विश्लेषण गर्दै एक-अर्कालाई माथि उठाउन लागि पर्छौं। रामचन्द्रजीले मलाई लाइफ पार्टनर मात्र नभएर सांगीतिक पार्टनरको दर्जा पनि दिनुभएको छ। त्यसले गर्दा उहाँले हरेक कार्यक्रम र कार्यमा मलाई अघि सार्नुहुन्छ।

कस्ता गीत गाऊँ भन्ने लाग्छ?

त्यस्ता थुप्रै गीत छन्, जो मैले गाउन पाए हुन्थ्यो भन्ने लाग्छ। जस्तो कि, रामचन्द्रजीले संगीत गरेको शिव परियारले गाएको फेवातालमा साइँली, हेमन्त रानाले गाएको सुन साईंली। चैत मास खडेरीमा, गैह्री खेतमा शिरै हान्यो, तीनपाते डाँडा काटेरजस्ता गीत मेरो भागमा आए हुन्थ्यो भन्ने पनि लाग्छ। मुख्यतया मलाई टिपिकल गित गाउने निकै रहर छ। त्यस्ता गीत गाउँदै पनि आएको छु। तर, अझ बढी त्यस्ता गीत गाउने रहर छ।

छोरा–छोरी स्याहार्दै संगीतमा समय दिन कत्तिको कठिन छ?

यो अति नै कठिन छ, तर टाइम म्यानेज गर्ने कुरा हो। जो म गरिरहेकी छु। हामी महिलाले बच्चा भइसकेपछि सबै कुरा मिलाउनुपर्छ। हामी प्रेग्नेन्सी टाइमदेखि नै बाँधिएका हन्छाँ। बच्चा पाँच वर्ष नभएसम्म छुट्टै कठिनाइ छ। पाँच वर्ष नाघिसकेपछिको कठिनाई अर्कै छ। दुवैजना एकै ठाउँमा जान समस्या हुुन्छ। नानु ११ वर्ष र बाबु ३ वर्षको भएको छ। यस बीचमा धेरै व्यवस्थित भइसकेको छु र उनीहरुलाई समय दिएर पनि गायनलाई निरन्तरता दिइरहेको छु। कार्यक्रमका लागि कतार जाँदा दुई महिना र अस्टझेलिया जाँदा ५ महिनाको प्रेगेनेन्सीमा थिएँ। तैपनि, नर्मल टाइममा जसरी कार्यक्रम गरेर आएँ। नानी जन्मेको १५ दिनमा भीम विराग साहित्य प्रतीष्ठानले हेटौंडामा बोलाएर गरेको सम्मान लिन त्यहँ पुगे। सम्मान लिएर दुई गीत पनि गाएर आएँ। नानी दुई वर्षको हुँदा कार्यक्रमका लागि युोप पुगेँ। धेरैले सोध्छन् तपाईंलाई पहिलेजस्तो अहिले संगीतमा देखिँदैन भनेर। बच्चा साना भएर पनि हो गीत+संगीतमा पहिलेको तुलनामा केही कमी भएको।

तपाईं प्रस्तोता समाजको कोषाध्यक्ष हुनुुहुन्छ, तपाईंहरूले बाँडफाँट गर्ने रोयल्टबारे गायक गायिकाले कत्तिको बुझेका छन्?

धेरै गायक गायिका यसबारे अनिभिज्ञ थिए, अहिले पनि केही गायक+गायिका अनभिज्ञ नै पाएको छु। टेलिभिजन, एफएए स्टेसन, युट्युब च्यानलसँगसँगै यातायातका साधनमा बजेका र टिकटकमा प्रयोग भएका गीत+संगीतबाट पनि रोयल्टी प्राप्त हुन्छ भन्ने सबैलाई थाहा छैन। यसको पूर्णरुपमा कार्यान्वयन पनि भएको छैन। यी माध्यमबाट एकै पटक रोयल्टी आएपछि बाँडफाँड कसरी गर्ने भन्ने कुरामा पनि समस्या छ। धेरैजसो गायक+गायिका गीत गाएर गाएर पारिश्रमिक लिएर हिँडे पुग्ने ठान्छन्। त्यसो गर्दा केही कम्पनी धनी पनि भएका छन्। मेरै कतिपय गीतमा त्यस्तो भएको छ। हामीले अडियो राइट्स मात्र दिएको गीतको भिडियो पनि अन्त गएको छ। यो सबै सर्जक र प्रस्तोता आफै‌ं अनभिज्ञ भएर हो। व्यवस्थापन पक्ष कमजोर भएर हो। यसमा राज्यले पनि ध्यान दिएको छैन। अब विस्तारै चेतना आएको छ। चेतना बढ्दै जाँदा सयदेखि लाखसम्म लिने प्रस्तोता छन्।

अबको योजना के छ?

घर व्यवहार मिल्दै आएको छ। त्यसैले, अब बढीभन्दा बढी सांगीतिक गतिविधिमा सामेल हुने तयारीमा छु। शनिबार मात्र पनि पञ्चे बाजा गीत रेकर्ड गराएँ। थारु भाषाको मीठो गीत नि आउँदैछ। मेरो नयाँ गीतको नयाँ म्युजिक भिडियो पनि आउँदैछ। धेरै फ्यानहरुले तपाईंहरुको गीत कहाँ हेर्ने भनेर सोधेकोले रामचन्द्र काफ्ले युट्युब च्यानल सञ्चालनमा ल्याएका छौँ। त्यसलाई प्रमोट गर्नुछ। एकल साँझको तयारी पनि भइरहेको छ। अब चाँडै नै एकल साँझमा आउँदैछु।

प्रतिक्रिया दिनुहोस्