बारामा भारतीय नागरिकमाथि गाेली प्रहार



बारा।

बारामा एक भारतीय नागरिकमाथि गाेली प्रहार भएकाे छ । महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै हाेटेलमा बसेर खाजा खाँदै गरेका भारत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवमाथि शुक्रबार साँझ गाेली प्रहार भएकाे हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार घाइतेको वीरगन्जस्थित न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ । यादवकाे छातीमा गाेली लागेकाे बताइएको छ ।

 

माेटरसाइकलमा आएका २ जनामध्ये एक जनाले गाेली प्रहार गरी फरार भएका थिए ।

घटनाबारे अनुसन्धानसहित गाेली हानी फरार भएकाको तीव्र खाेजी भइरहेकाे छ । घटनापछि त्यस क्षेत्र र सीमा नाकामा व्यापक प्रहरी परिचालन गरिएकाे छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्