एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर, विशेषको फैसला सर्वोच्चले उल्टायो



काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो ।

यादव सिन्धुपाल्चोक प्रहरी प्रमुख हुन् । २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले उनलाई सफाइ दिए पनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्