माओवादी केन्द्रका दुई सांसदले लिए शपथ



oznorCOQR

काठमाडौं । हिजो (बिहीबार) शपथ लिन छुटेका दुई सांसदले आज (शुक्रबार) शपथ लिएका छन् । आज संसद् सचिवालयमा नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् ।

संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् । सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली भाषामै शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्