अध्यक्ष प्रचण्ड र नेता प्रकाशमान सिंहबीच भेटवार्ता



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

हिजो (बिहीबार) बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताकै निरन्तरता स्वरूप आज उनीहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

हिजो बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भएको छलफलमा सत्ता बाँडफाँटबारे औपचारिक छलफलको सुरुवात भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्