चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ



काठमाडौँ।

मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशि गाँउपालिका घरभइ हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने २८ वर्षीय वाङजु लामा रहेका छन्।

उनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलिले मोटरसाइकल सहित सोमबार पक्राउ गरेको हो ।

गत कार्तिक २५ गते स १० प १३ २७ नम्बरको २२० सि.सिको पल्सर मोटरसाइकल ललितपुरको ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको निवेदन कार्यालयमा दर्ता भएको थियो।

उक्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा सोमबार बानेश्वरबाट लामालाई नियन्त्रणमा लिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्