ट्रेलरमा रिभेन्ज लभ



मन्दिप राना निर्देशित तेस्रो फिल्म रिभेन्ज लभको ट्रेलर सार्वजनिक गरिएको छ।पोखराका युवाले मिलेर निर्माण गरेको फिल्मको सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारलाई प्रस्तुत गरिएको छ।

अधिकांश पोखराकै कलाकार र प्राविधिक रहेको फिल्ममा प्रेममा बदला र समर्पणको कथावस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक रानाले बताए। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्मित फिल्ममा एक्सन र कोरियोग्राफी पनि निर्देशक रानाले नै गरेका छन्।

निर्माता नवीन घताने, देशभक्त सिंह कुँवर, विजय कुमार, अविराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोकालगायतका कलाकारले अभिनय गरेको फिल्म आगामी पुस १५ ल्होसारको अवसरमा युट्यबमा रिलिज गरिने भएको छ।

निर्माता नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र विजय कुमारको स्वर रहेको फिल्ममा छायांकन राहुल राई तथा सम्पादन नेत्र गुरुध्र र अशोक आलेको छ। फिल्ममा विजय कुमार, गीत सुनार र लक्ष्मी सुनार सह-निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्