आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै आयोग, दिउँसो पत्रकार सम्मेलन



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन तर्फका सांसदहरू निर्वाचित हुने भएका छन् । आज (बुधबार) उनीहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

योसँगै आयोगले निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गर्ने भएको छ । त्यसका लागि हिजो (मंगलबार) आयोगले एक विज्ञप्ति जारी गर्दै आज (बुधबार) पत्रकार सम्मेलन गर्ने जनाएको थियो ।

भोलि मिति २०७९ मंसिर २८ गते बुधबार मध्याह्न १ः३० बजे प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने सम्बन्धमा आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हुँदा सञ्चारकर्मी मित्रहरूको उपस्थितिको लागि अनुरोध छ, आयोगले विज्ञप्तिमा भनेको छ ।

प्रतिनिधिसभातर्फ सातवटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमासभातर्फ त्रुटि देखिएकोले आयोगले सच्याउन आग्रह गरेको थियो । सबै ठाउँको सच्याउने काम हिजो सकिएकोले आज अन्तिम मतपरिणाम सार्वजनिक गर्न लागिएको निर्वाचन आयोग समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्