निफको आठौं महाधिवेशनको तयारी अन्तिम चरणमा



काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन मंसिर २८ र २९ गते काठमाडौंमा हुँदैछ ।

आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासंघका महासचिव शान्ति देवानले जानकारी दिएका छन् ।

काठमाडौंको राष्ट्रिय नाचघरमा हुने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी हुने छन् ।

महाधिवेशनमार्फत १ अध्यक्ष, ३ वरिष्ठ उपाध्यक्ष, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्नेगरी ३ उपाध्यक्ष र १ महासचिव निर्वाचित हुनेछन् ।
त्यसैगरी, अनसन्धन तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा संगठन विस्तार र भाषा तथा संस्कृति हेर्नेगरी ४ जना सचिव निर्वाचित हुनेछन् ।

त्यसैगरी, महाधिवेशनले एक कोषाध्यक्ष समेत निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्