अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन



काठमाडौं । कामचलाउ सरकारले ऐन विपरीत ल्याएको अध्यादेश विरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ । आज (मंगलबार) विहानै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले अध्यादेश विरुद्ध प्रदर्शन गरेको हो ।

अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले क्याम्पस अगाडि प्रदर्शन गरेको हो । सरकारले अपराधीलाई उन्मुक्ति दिने गरी ल्याएको अध्यादेशविरुद्ध प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ । सरकारले कानुनी राज्यको खिल्ली उडाएको भन्दै उसले प्रदर्शन गरेको बताएको छ ।

अस्ति (आइतबार) साँझ अध्यादेश राष्ट्रपति कार्यालय पठाइसकेको छ । जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्