फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण



काठमाडौँ।

नेपालमा संचालित कतिपय फार्मेसीहरु किराना पसल अर्थात् परम्परागत पेशा जस्तो हुँदै गएको अवस्थामा नेपाल सरकारले लाईसेन्स लिएर मात्र फार्मेसी संचालन गर्न बर्षौ देखि कडाई गर्दै आएको अवस्थामा नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

शनिवार नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा कुल १ हजार ४ सय १४ जना सहभागी मध्ये ९ सय ६७ (६८.३८ प्रतिशत) विद्यार्थी मात्र उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले जानकारी गराउनु भयो ।

पछिल्लो समय परिषद्ले परीक्षालाई मर्यादित बनाउन औला र अनुहारको स्क्यान गर्ने गरी बायोमेट्रिक प्रणाली लागू गरेको जनाएकोछ ।

बायोमेट्रिक प्रणाली भनेको के हो ?

यो एक मानवीय पहिचानका लागि प्रयोग गरीने प्रणाली जसले बायोलोजिकल तत्वको परीक्षणका आधारमा मानिस वा अन्य जैविक तत्वको पहिचान गर्दछ । डिएन, फिंगर प्रिन्ट, रक्त परि, स्वर रिकर्ड आदि यस प्रणालीका आधार हुन् ।

यो परीक्षणको प्रयोग हाम्रो दैनिक जीवन देखि प्रशासनिक,प्राविधि क्षेत्र आदिमा प्रयोग हुँदै आएको छ । परम्परागत रुपमा ल्याप्चे सहिछापको प्रयोग,रक्त
परीक्षणको आधारमा नाता सम्बन्ध कायम हुने वा अपराध पत्ता लाग्ने,अफिसमा औठा छाप प्रणालीलाई इलेक्ट्रेनिक विधि अनुसार गर्ने आदि यस प्रणालीका उदाहरण हुन् । हाल बैदेशिक रोजगारको क्षेत्रमा यो प्रणालीको प्रयोगको चर्चा बढी चलेको छ ।

प्रतिक्रिया दिनुहोस्