पार्टीकै चोखो बन्न नसकेका के प्रधानमन्त्री बन्लान् ?



चुनावअघि काठमाडौंको तीनकुने, अनामनगर, चाबहिल र बागबजारका चियापसलमा एउटा विषयमा खुबै बहस चलेको थियो– माओवादीबाट उठेका उम्मेदवारलाई कांग्रेसका कार्यकर्ताले भोट हाल्नुहुँदैन । पार्टी सभापति शेरबहादुर देउवाको पक्षका उम्मेदवारलाई पनि हराउनुपर्छ । यो कुरा गर्ने अरु कोही नभई गगन थापाका समर्थकहरु रहेछन् । अहिले आएर यो कुरा स्पष्ट हुँदै छ ।

गगनले जसरी हुन्छ, शेरबहादुर पक्षलार्ई कमजोर बनाउने र माओवादीलाई हराउने दाउ खेलेका रहेछन् भन्ने बिस्तारै खुलस्त भइरहेको छ । डा. शेखर कोइरालाका पक्षलाई जिताउने उनले रणनीति रचेका थिए । उनी कुनै पनि हालतमा देउवालाई संसदीय नेता बन्न नदिने पक्षमा थिए । अमेरिकाको समर्थनसमेत रहेका गगनलाई पैसाको अभाव छैन । गगनलाई चुनाव जिताउन अमेरिकाले नै पैसा खर्च गर्छ ।

संसदीय दलको नेता र देशको प्रधानमन्त्री गगनलाई बनाउनुपर्छ भनेर अमेरिका लागेको छ । अमेरिकाले गगनलाई भ¥याङ बनाएर एमसीसी सदनबाट पारित ग¥यो । गगनको जोडबलले गर्दा नै एमसीसी पास भएको हो । यता, उनको नागरिकतामै सर्वसाधारणमा शंका गर्न थालेका छन् । उनीसँग दुईवटा नागरिकता र पासपोर्ट हुन सक्ने अनुमान लगाइएको छ । अर्कोतिर उनी अमेरिकाको जासुस हो भन्नेबारे थाहा नहुने त शायदै होलान् ।

कांग्रेसले यत्रो सिट गुमाउनुमा गगनको ठूलो हात भएको बताइन्छ । कांग्रेसले ८६ सिटमा उम्मेदवारी दिँदा जम्मा ५७ सिटमा विजय हासिल गरेको छ । कांग्रेसले घटीमा पनि ७०–७५ सिट जित्ने जनताको अन्दाज थियो । तर, गगनको कारणले कांग्रेस सोत्तर भयो । माओवादीले ४७ सिटका लागि उम्मेदवारी दिएको थियो । तर, जित्यो जम्मा १८ । नेकपा एकीकृत समाजवादी पार्टीले १९ सिटमा उम्मेदवार उठाएको थियो । तर, हात लाग्यो जम्मा १० । सत्ता गठबन्धनमाथि गगन थापा नै भारी भइदिए । आफ्नै पार्टीलाई हराउन गगनले अन्तरघात गरे । जसले पार्टीमा त सत्यता देखाउन सकेन, त्यसले के देशको प्रधानमन्त्री चलाउन सक्छ ।

गगनले गर्दाखेर पूरै गठबन्धनको हार भयो । तैपनि उनी निर्लज्ज भएर देशको प्रधानमन्त्रीको दाबा गर्दै हिँडेका छन् । उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीले निकाला गर्नुपर्छ । गगनले नै रवि लामिछानेलाई पार्टी खोल्न लगाएको कुरा त छरपस्ट भइसकेको छ ।

सत्ता गठबन्धनका नेतालाई हराउनका लागि गगनले रविलाई चुनावी मैदानमा उतारेका हुन् । रविले चितवन क्षेत्र नम्बर २ बाट भारी मत ल्याएर विजयी भए । यो क्षेत्रमा करिब ३२ हजार त क्रिश्चियन धर्मावलम्बीहरु मात्र छन् । जसको भोट सबै रविलाई आयो । रवि अमेरिका बसोबास गरेर नेपाल फर्किएका परे । गगन त अमेरिकाले नै पालेका व्यक्ति हुन् ।

गगनले पार्टी कमजोर बनाएर आफू सत्तामा पुग्ने खेल रचेका छन् । तर, उनलाई नेपाल र नेपालीको कुनै मतलब छैन । डलरमा विकेकाहरुले देशका लागि के नै गर्छन् ? कांग्रेसका कार्यकर्ताहरु गगनको विरोधमा छन् । उनलाई महामन्त्री पदबाट हटाउनुपर्छ भनेर आवाज उठ्न थालेको छ । गठबन्धनले चुनाव नजित्दा सरकार बन्न नसक्ने अवस्थामा पुग्यो । कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन ।

यो मोडमा पु¥याउने व्यक्ति पनि छर्लङ्ग भइसकेका छन् । नैतिकता भएको भए गगनले महामन्त्री पदबाट राजीनामा दिनुपथ्र्यो । आफ्नो भाण्डा फुटिसकेपछि पनि उनी पदबाट चलमलाइएका छैनन् । लाज नै नभए जसरी पदमा चिप्किएर बसेका छन् । गठबन्धनका कार्यकर्ताहरु गगनबाट धेरै आक्रोशित छन् । गगनकै कारणले आफूले चुनाव हारेको उनीहरु बताउँछन् ।

माओवादीमा पनि यो बहस छिरिसकेको छ । एकीकृत समाजवादीले पनि स्पष्टरुपमा थाहा पाइसकेको छ । कांग्रेस पहिलो पार्टी भए पनि गठबन्धनको सहयोगविना सरकार बन्दैन । माधव नेपाल र प्रचण्डले आफूलाई हराउनेको समर्थन गर्छन् ? उनीहरुको मनमा गगनकै कारणले हाम्रो पार्टीले हा¥यो भन्ने कुरा परेको छ । गगनको कारणले आफ्नो पार्टीको हाल बेहाल भएको भनी माओवादी र एकीकृत समाजवादीभित्र बहस चलेको छ ।

कांग्रेससँग गठबन्धन तोड्नुपर्छ भन्नेहरु पनि पार्टीमा छन् । गगन अहिले पनि आफू संसदीय दलको नेता बन्छु भनेर भ्रम छर्दै हिँडिरहेका छन् । पार्टीभित्रै गगनलाई कारबाही गर्नुपर्छ भनेर आवाज उठिसकेको छ । तर, गगन बुझेर पनि बुझ पचाएर हिँडेका छन् । गठबन्धनबाट चुनाव जितेर आएका कतिपय सांसदहरुले खुलेर भनेका छन् कि गगन थापाको प्रयास चिरेर हामी यहाँसम्म आइपुग्यौं ।

गगनको चौतर्फी विरोध भइरहेको छ । गगनलाई पार्टीमा राख्ने हो भने कांग्रेस सिद्धिने र अर्को चुनावमा शून्य हुने भन्न थालिएको छ । उनलाई कारबाही गर्नुपर्नेमा जोड दिइएको छ । उनलाई छाडा छोड्यो भने अर्को चुनावमा कांग्रेसको ५७ सिट पनि आउँदैन । शेरबहादुरको मुख हेरेर माधव नेपाल, प्रचण्ड र चित्रबहादुर केसी चुप लागेका हुन् । गठबन्धनलाई अघि बढाउनुपर्ने र देउवालाई धोका दिन नहुने पक्षमा उनीहरु देखिन्छन् ।

कांग्रेसले संसदीय दलको नेता देउवालाई नै बनाउनुपर्छ । नत्र गठबन्धन पनि सिद्धिन्छ, कांग्रेसको नेतृत्वमा सरकार बन्न पनि सक्दैन । गगन संसदीय दलको नेता बने भने कांग्रेसको दुर्दशा शुरु हुन्छ । यता, गठबन्धनले कुनै पनि हालतमा गगनलाई समर्थन गर्नेछैन । गगनलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा रवि लामिछाने मात्र हुन् । त्यै माथि पनि सात सिट भएकोले के प्रधानमन्त्री बनाउँछ ?

रवि आफैं त जेल जाने देखिन्छन् । नेपाली नागरिकता नै नभईकन चुनाव लडेका उनको बारेमा थप छानबिन हुँदै छ । गगन थापाले म प्रधानमन्त्री हुन्छु भनेर काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई ढाँटे । मत आफ्नो पोल्टामा पारे । यहाँका जनतालाई गगनभन्दा ट्यालेन्ट नेता छन् भन्ने थाहा पाएका रहेनछन् । एमालेका केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बाबुराम भट्टराईलगायतका थुप्रै नेता छन् ।

गगन हेरी त उल्लिखित नेताहरुले राजनीतिका धेरै पाटा देखेका छन्, बुझेका छन् । अनि गगनले प्रधानमन्त्री पाउँछन् । प्रधानमन्त्री खाने दाउमा भएका नेताहरुको लाइन छ । यिनले गगनलाई प्रधानमन्त्री बन्न दिन्छन् ? देउवाले आधा–आधा प्रधानमन्त्री खानेभन्दा त माधव नेपाल र प्रचण्डले मानेका छैनन् भने गगनलाई प्रधानमन्त्री बनाउन मान्छन् ? माओवादी आज यति कमजोर हुनुमा कसको हात छ ? यो प्रचण्डको मनमा छ ।

उनले मुख फोरेका छैनन् । कांग्रेसबाट गगन र एमालेबाट महेश बस्नेत माओवादी सिध्याउने प्रमुख पात्र हुन् । देउवालाई माओवादीले समर्थन गर्छ तर गगनलाई कुनै हालतमा समर्थन गर्नेछैन । बरु, गठबन्धनबाट बाहिरिन्छ । अब गगनसँग दुईवटै विकल्प छ । कि पार्टी फुटाएर बाहिर जानु¥पयो, कि देउवाको निर्देशनमा बस्नुप¥यो । कांग्रेसका ८० प्रतिशत कार्यकर्ताहरु देउवाको पक्षमा छन् ।

कांग्रेसबाट गगनलाई जिताउनुपर्छ भन्नेमा विश्वप्रकाश पौडेल छन् । उनी एउटाले संसदीय दलको नेता चुनेर भएन । गगनलाई कांग्रेसभित्रको जिम्मेवार पद दिन नहुने माग उठेको छ । राज्य सत्ताको जिम्मेवारी पदबाट उनलाई वञ्चित गर्नुपर्छ । नत्र नेपाल अमेरिकाको हातमा जान सक्छ । चिन्दै नचिनी चितवनका जनताले रविलाई भोट दिए । नेपाली नागरिकता नै विवादमा रहेकालाई चितवनका जनताले जिताएर मूर्खता देखाए । गगनको हकमा पनि ठ्याक्कै त्यस्तै भयो । अनुहार नेपाली भएर के गर्ने ? सिद्धान्त र विचार सबै अमेरिकाको छ । यस्ता व्यक्तिलाई महत्वपूर्ण ठाउँमा पु¥यायो भने राष्ट्रमाथि नै आँच आउन सक्छ ।
मनिष केसी 

प्रतिक्रिया दिनुहोस्