मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं।

मोरङको सुन्दरहरैचा-७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहीबार मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय बल बहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।  को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो । घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका-११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्