रास्वपाको समानुपातिक सांसद सिफारिसमा विवाद, नेता-कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ सांसद सिफारिस गर्ने क्रममा विवाद भएको छ । आज (बिहीबार) पार्टी कार्यालयमा सांसद सिफारिसको विषयलाई लिएर विवाद भएको हो ।

विवादकै क्रममा नेता तथा कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुका साथै तोडफोड गर्ने चेतावनी दिएका छन् । पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदकामा सिफारिस गर्ने तयारी भएपछि विवाद बढेको रास्वपाका एक नेताले बताए ।

अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता जम्मा भएका छन् । पार्टीका ती नेताका अनुसार आजै टुंगो गर्न लागिएको बन्दसूचीको विषयलाई लिएर विवाद भएको हो ।

रास्वपाले निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो । उसले चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ । तथापि समानुपातिकका केही नामवली रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्