एमाले नेता सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । नेकपा (एमाले)का उम्मेदवार सुवास नेम्वाङविरुद्ध नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फको इलाम–२ मा पुनः मतगणनाको माग गर्दै नेपाली खड्काले सर्वोच्च अदालतमा हिजो (बुधबार) रिट निवेदन दर्ता गराएका छन् ।

मत गणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको दाबी गर्दै खड्काले निर्वाचित घोषणा बदर गरि पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिह्नको मत बदर गर्ने, सूर्य चिह्नको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौं मतपेटिका अन्यत्र राखि धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबर्जस्ती विजयी बनाएको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्