कर्मचारी मिलन केन्द्रद्वारा स्मारिका प्रकाशन



काभ्रे । 

सार्वजनिक प्रशासन, विकास र ब्यवस्थापनका सन्र्दभमा विभिन्न खोज तथा अनुभव समेटेर तयार गरिएको पुस्तक ‘कर्मचारी मिलन केन्द्र स्मारिका’ सार्वजनिक गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नागरिकहरुको सेवालाई प्राथमिकतामा राखेर कर्मचारीहरुले प्रदान गरिरहेको सेवा प्रवाह, सेवा प्रवाहका सन्र्दभमा आएका गुनासा र सुधारका पक्षहरु, नागरिक तथा कर्मचारीहरुका समस्या र समाधानका उपायहरुका सन्र्दभमा सरोकारवाला पक्षहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, जिल्ला न्यायाधिश मोहनराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलन केन्द्रका अध्यक्ष अमरदिप सुनुवार लगायतले उक्त पुस्तकको सार्वजनिकीकरण गर्नु भएको थियो । कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको उक्त पुस्तकमा विभिन्न क्षेत्रमा सेवामा रहनु भएका ब्यत्तित्वहरुका लेख रचना समावेश गरिएको छ ।

सचिव दामोदर रेग्मिले स्थानीय तहका योजना छनौट सम्वन्धी विषयमा समावेश गरिएका अनुभव उक्त पुस्तकमा समावेश गरिएको छ भने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सह सचिव शिवराम पोखरेल, उप सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख हेमन्तराज निरौला लगायतका ब्यत्तित्वहरुका सामाग्री समेटिएका छन् ।

२३ वटा लेख तथा ३ वटा कविता समेटिएको पुस्तक उपलब्धीमुलक रहेको सहभागिहरुले बताएका छन् । उक्त पुस्तकममा कर्मचारी मिलन केन्द्रका गतिविधिहरु पनि समेटिएको छ । २०७४ सालमा पहिलो र २०७९ मा दोश्रो पुस्तकका रुपमा उक्त स्मारिका प्रकाशन गरिएको हो ।

अध्यक्ष अमरदिप सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हेमन्तराज निरौलाको स्वागत मन्तब्य रहेको थियो भने संचालन परशुराम थापाले गर्नु भएको थियो । कार्यक्रममा कर्मचारी मिलन केन्द्र तथा कर्मचारीहरुका विषयमा ट्रेड युनियनका अध्यक्ष राजकुमार हुमागाईले जानकारी गराउनु भएको थियो ।

सहभागिहरुले नागरिकहरुलाई प्रदान गरिने सेवा तथा सार्वजनिक प्रशासनलाई अझै प्रभावकारी बनाउन सबै क्षेत्रको सक्रियता र सहभागिता आवश्यक रहेको निश्कर्ष निकालिएको थियो । कर्मचारी मिलन केन्द्रले जिल्लामा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गरिरहेको छ । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्