अपांगता भएकाका लागि आऊ साथी



अपांगता भएका व्यक्तिको ३१औं अन्तराष्ट्रिय दिवसका अवसरमा अपांगता भएका व्यक्तिका लागि सांगीतिक कोसेलीस्वरूप म्युजिक भिडियो सार्वजनिक गरिएको छ

शनिबार ३१औँ विश्व अपांगता दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहत रहेका राष्टिझय अपांगता महासंघको आयोजनामा राजधानीमा आयोजित कार्यक्रमका बीच आऊ साथी बोलको गीतमाथि भिडियो सार्वजनिक गरिएको हो। स्टुडियो साउन्ड मिल र गीतकार नरेश प्रधानको सहकार्यमा तयार पारिएको म्युजिक भिडियोमा नरेश प्रधानको शब्द रचना र शक्ति बल्लभको संगीत रहेको छ।

गीत मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, अस्मिता अधिकारी, बुनु श्रेष्ठलगायतका गायक गायिकाले गाएका छन्। निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ र मास्टरिङ रहेको छ।

बिमललाल श्रेष्ठको परिकल्पनामा निर्मित भिडियो मोहन राई र नारन खतिवडाले निर्देशन, नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा, शरद महतोका छायांकन रहेको भिडियोमा यसका गायक-गायिका साथमा प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देवकुमार श्रेष्ठ, सुन्दर धिताल, आईपी आचार्य, विकास रिमाल, सविना थाप, उषा रजक, रस्मी भट्ट , रक्षा थापालगायत कलाकारलाई प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्