चिकित्सा शिक्षा विषयमा अध्यापनको अनुमति नपाएका कलेजले विद्यार्थी ठग्दै



काठमाडौँ ।  

चिकित्सा शिक्षा जस्तो गम्भीर विषयमा अध्यापनका लागि अनुमति नै नपाएका शैक्षिक संस्थाहरूले भर्ना खुलेको सूचना सार्वजनिक गरेको विषयमा चिकित्सा शिक्षा आयोगले आपत्ति जनाएको छ ।

आयोगले आइबार एक विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा बिना अनुमति यसरी भर्ना आह्वान गर्नु चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुने स्पष्ट पारेको छ ।

आयोगबाट मान्यता नपाएका त्यस्ता संस्थामा भर्ना नगर्न नगराउन आयोगले विद्यार्थी, अभिभावक र सम्बन्धित शैक्षिक संस्थालाई समेत आग्रह गरेको छ ।
आयोगको सूचनालाई अटेर गरी भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने चेतावनी दिँदै आयोगका सदस्य सचिव डा.भोजराज काफ्ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्