चुनावी समीक्षा गर्न माओवादी केन्द्रको बैठक बस्दै



काठमाडौं । चुनावी समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को बैठक बस्ने भएको छ । महासचिव देव गुरुङले दिएको जानकारी अनुसार आज (शनिबार) दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको हो । दिउँसो ३ बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादी केन्द्रको पदाधिकारीमा २१ जना छन् । त्यसमध्येमा १० जना निर्वाचनमा भाग लिएका थिए । तीमध्ये ५ जना निर्वाचित हुँदा अन्य ५ जना पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्