मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं  । 

झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति दमक नगरपालिका-९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका-१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका-४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्