डेंगु संक्रमणबाट फेरि दुई जनाको मृत्यु



काठमाडौं । नेपालमा गत साउन महिनादेखि हालसम्म डेंगुका कारण ५३ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ जना पुगेको छ । २०७९ साउनदेखि हालसम्म ६२ जनाको मृत्यु हुनुका साथै ५३ हजार ९ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नेपालमा सन् २००४ मा एक जनामा देखिएको डेंगु सन् २००६, २०१९मा उच्च विन्दुमा संक्रमित रहेको अवस्था थियो ।

तर यो बर्ष सन् २०१९ भन्दा दोब्बरले संक्रमितको संख्यामा बृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अझै पनि नेपालमा डेंगुको खतरा टरी नसकेको मन्त्रालयले जनाएको छ ।

देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउनुका साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ । यो एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ अर्थात् २००४ मा डेंगुका बिरामी देखिएका थिए ।

नेपालमा धेरै बिरामी हुनुको प्रमुख कारण जलवायु परिवर्तन लगायत फोहोर मैला व्यवस्थापनमा ध्यान दिन नसक्नु रहेको स्वास्थ्य विज्ञहरुको ठम्याईछ ।

प्रतिक्रिया दिनुहोस्