जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ



झापा । जबरजस्ती करणी र डाँका मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजो (सोमबार) प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ का ७७ वर्षीय धनपति ढुङगाना रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । त्यसयता फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले हिजो पक्राउ गरेको हो ।

ढुङगानाको फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्