कौतुहलताले भरिएको तिम्राे मेरो साथ



प्रेमकहानीले भरिएको फिल्म तिम्रो मेरो साथको टिजर सार्वजनिक गरिएको छ।
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्मको टिजर डेढ मिनेटको छ। टिजरमा माया, प्रेम र बदलाको कथा देख्न देखाइएको छ।

आगामी पुस २९ गतेबाट अल नेपाल रिलिज हुने फिल्मको टिजर दर्शकमा कौतुहलता पैदा गर्न सफल छ। यसले फिल्मप्रतिको आकर्षण बढाउन मत पु-याउनेछ।

रमेश एमके पौडेलद्वारा निर्देशित फिल्ममा पुष्प र साम्राज्ञीका साथमा सरोज खनाल, सन्दीप क्षेत्री, इमिली लामा, दीपिशा केसी, खड्क बहादुर पुन (खबप) लगायतका कलाकार प्रमुख भूमिकामा छन्। यो निर्देशक पौडेलको निर्देशकीय डब्यु फिल्म हो। फिल्ममा निर्देशक पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाले संयुक्तरूपमा लेखेको फिल्म आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा पासाध्र लामाले निर्माण गरेका हुन्। निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली यसका सह-निर्माता तथा सवीर श्रेष्ठ कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्