विदेशबाट दैनिक १५ लाखसम्म भित्र्याउन पाइने



काठमाडौं । 

नेपाल राष्ट्र बैंकले नेपाली नागरिक, विदेशी नागरिक र विदेशस्थित संघ-संस्थाबाट नेपाली नागरिक र संघ-संस्थाले इजाजतपत्रप्राप्त विपे्रषण कम्पनीमार्फत विप्रेषण रकम सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाखसम्म भित्र्याउन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आइतबार राति सार्वजनिक चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामा उक्त व्यस्था उल्लेख छ ।

नेपाली बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमार्फत् समेत विप्रेषण प्राप्त गर्नसक्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका लागि ड्राफ्ट, टी.टी. जारी गर्दा वा प्रतीतपत्र खोल्दा आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाई सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफर्मा मूल्यबीच तुलनात्मक विश्लेषण गरेर यथार्थपरक देखिएमा मात्र सटही सुविधा उपलब्ध गराउनुपर्ने वा कारोबार प्रक्रिया अगाडि बढाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्