चीनमा एकै दिन ४० हजारभन्दा बढी काेराेना संक्रमित



A medical worker wearing personal protective equipment (PPE) collects a sample from a visitor at a temporary Covid-19 testing station outside Seoul Station in Seoul, South Korea, on Monday, Dec. 14, 2020. South Korea reported a drop in new cases on Monday after posting a record of more than 1,000 infections on Sunday and Prime Minister Chung Sye-Kyun said implementing the strictest level of social distancing measures is a last resort.

एजेन्सी । 

चीनमा पछिल्लाे २४ घण्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको सख्ंया तीब्र ढंगले बढिरहेको छ ।

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् ।

उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्।

प्रतिक्रिया दिनुहोस्