सगरमाथालाई भगवान् मानेको उचाइ हेर्नेलाई आधार शिविर पुग्ने अवसर



उचाई हेर्नेलाई बलिउडमा राम्राे रिभ्यु नपाए पनि सगरमाथा आधार शिविर आसपासका सुन्दर हिमाली दृश्यका कारण नेपालमा रुचिपूर्वक हेरी तेस्रो सातामा चलिरहेको फिल्म उचाइ हेर्ने दर्शकले आधार शिविर जाने तथा यसका मुख्य कलाकारका साथ भेट गर्ने अवसर प्राप्त गर्ने भएका छन्।

यो फिल्मलाई नेपाल भित्र्याएको वितरक कम्पनी प्राज्वल त्र्युले यो साता उचाइ हेर्ने दर्शकलाई सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसग घुम्न जाने अवसार प्रदान गर्ने जनाएको छ। त्यसै गरी फिल्मका मुख्य कलाकारहरू अमिताभ बच्चन, बोमन हिरानी र अनुपम खेरलाई भेट्ने अवसरसमेत दिलाउने जानकारी गराएको छ।

यसका लागि टिकट र हलको नाम वितरक कम्पनीलाई मेल गनुपर्ने र मेल गर्नेमध्ये एक जोडीलाई यो अवसर प्रदान गरिने जनाइएको छ। आप्mना पीडा र व्यथा लुकाएर, मित्रतामा रमाएका चार साथीको रोचक अनि मर्मस्पर्शी कथा तथा तीन साथीको यात्राकथामा बनको उचाइमा हालसम्म नेपाली फिल्मले सोच्न पनि नभ्याएका नेपालका रोमाञ्चक हिमाली दृश्यलाई त्यहीँ पुगेको अनुभूति दिने गरी आकर्षक ढंगले प्रस्तुत गरिको छ।

नेपाली युवतीको सौन्दर्यको बयान गर्दै केटीको भनेर गीत गाई यसका मुख्य कलाकारहरू अमिताभ बच्चन, बोमन इरानी र डेनी डेध्रजोध्र्पाले नेपाली ढाका टोपी पहिरेर कम्मरसमेत मर्काएका छन्। शुरुमा अल्छिलाग्दो ढंगले सुस्तरी अघि बढ्ने र मध्यान्तरपछि बेगले दौडने उचाइमा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिति चोपडा, डेनी डेङजोङपा, श्रद्धा कपुरलगायतका कलाकार मुख्य भूमिकामा छन्।

निर्देशक सुरज बड्जात्याले फिल्ममा सगरमाथालाई भगवान्को रूपमा चित्रित गरेका छन्। हिमाली दृश्य प्रस्तुत गरी फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उच्च भूमिका खेलेको भन्दै नेपाल पर्यटन बोर्डले फिल्मको टिमलाई सम्मान गर्ने तयारी गरेको छ। पर्यटन बोर्डले केही समयअघि राजधानीमा यसको विशेष प्रदर्शनीसमेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्