बर्दिया-१ बाट कांग्रेसका सञ्जय गौतम निर्वाचित



काठमाडाैं  ।

बर्दिया-१ मा नेपाली कांग्रेसका सञ्‍जयकुमार गौतम निर्वाचित भएका छन्।  गौतमले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मण ज्ञवालीलाई चार हजार ४५६ मतान्तरले पराजित गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार‚ गौतमले ३० हजार ६११ मत र ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरेका छन्।

यस्तै‚ नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूले २३ हजार ९९३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार चार मत प्राप्त गरेका छन्।

गौतम २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस वेला उनले एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्