हुम्ला-१ मा माओवादी केन्द्रको अग्रता, एमाले पछ्याउँदै



हुम्ला । हुम्ला निर्वाचन क्षेत्रमा–१ मा नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्दुल लामा कार्चेनले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार लामाले तीन हजार दुई सय ४४ मत प्राप्त गरि अग्रता लिएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दल रावल एक हजार नौ सय ११ मतसहित लामालाई पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार तेजबहादुर रावलले ३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी हुम्ला निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (क)मा पनि माओवादी केन्द्रले नै अग्रता लिएको छ । माओवादी केन्द्रका रणसिंह परियारले दुई हजार सात सय २५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले पाँच सय ४९ मत प्राप्त गरेका छन् ।

एमालेका दल फडेराले एक हजार एक सय ६८ ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का हस्तबहादुर शाहीले दुई सय १० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का छापे ऐडीले चार मत प्राप्त गरेका छन् ।

हुम्ला ताँजकोे र अदनचुली गाउँपालिका १, २, ३, ४, ५ मतगणना सकिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्