धादिङ-२ मा कांग्रेसका रामनाथ अधिकारी विजयी



धादिङ । धादिङ–२ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । उनले ३४ हजार चार सय ८३ मत प्राप्त गरि विजयी भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरि पराजित भए । कांग्रेसका अधिकारी र एमालेका लोहनीबीच १० हजार पाँच सय ३३ मतान्तर थियो ।

धादिङ–२ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकोमा ६७ हजार छ सय एक जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्