भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल, २ मा कांग्रेसका थापा विजयी



भक्तपुर । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल फराकिलो मतान्तले विजयी भएका छन् । उनले ४२ हजार ७६१ मत प्राप्त गरि विजयी भएका हुन् ।

सुवालका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरि पराजित भएका छन् । देशमै भक्तपुर–१ लाई नेमकिपाको प्रभाव क्षेत्र मानिन्छ ।

यस क्षेत्रबाट हालै सम्पन्न स्थानीय निर्वाचनमा नेमकिपाका सबै उम्मेदवार र २०७४ सालमा पनि नेमकिपाकै प्रेम सुवाल धेरै मतान्तरले निर्वाचित भएका थिए ।

त्यसैगरी क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापाले एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई ९५७ मतान्तरले पराजित गरि विजयी भएका छन् ।

थापाले २४ हजार २३९ मतले अग्रता प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी बस्नेतले २३ हजार २८२ मत प्राप्त गरि पराजित भए ।

प्रतिक्रिया दिनुहोस्