गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी



गुल्मी ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्मका वडा पर्छन्। यसअघि विष्टले ०५४, ०७० र ०७४ मा विजयी विजयी भएका थिए। विष्टको यो लगातार चौथोपटकको विजयी हो।

प्रतिक्रिया दिनुहोस्