गुल्मी-२ मा गोकर्ण विष्ट रामकुमारी झाँक्रीभन्दा १७७७ मतले अगाडि



गुल्मी ।

गुल्मी २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । एमालेका गोकर्ण विष्ट १७७७ मतसहित अग्रता लिएका छन्।

विष्टले २६ हजार ७९२ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्री २५ हजार १५ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्