बाँके ३ मा एमालेका खत्री विजयी



बाँके  । 

बाँके क्षेत्र नं. ३ प्रदेश कमा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन् । बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन् ।

माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका छन् । माओवादीका आधिकारिक उम्मेदवार भनिएका आइपी खरेलले एक हजार नौ सय ९५ मत ल्याए ।

यो प्रदेशमा माओवादीको दुई वटा उम्मेदवार खडा भएका थिए । शुरुमा पार्टीले खरेललाई आधिकारिक मानेर उम्मेदवार बनाएको भएपनि पछि स्वतन्त्र उम्मेदवार सुनारलाई पार्टी प्रवेश गराएर उनलाई आधिकारिक भनिएको थियो ।

माओवादीभित्रको यो लडाईको फाइदा एमालेका रत्न खत्रीलाई हुन पुग्यो । त्यसै पनि बैजनाथमा एमालेको संगठन बलियो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्