नकुल र लीलाले ल्याए लोक भाकामा रातो कार



गायकद्वय लीला श्रेष्ठ र नकुल थापाले संयुक्तरूपमा रातो कार बोलको लोक दोहोरी गीत भिडियोसहित सार्वजनिक गरेका छन्।

गायक श्रेष्ठ र थापाको गीतको भिडियो हालै त्रिपुरा म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। त्रिपुरा म्युजिकको प्रस्तुति रहेको गीतमा लीला र नकुललाई स्वरमा गायिकाद्वय स्मृति गौतम र सानु धमलाले साथ दिएका छन्।

गायक लीलाको लय र संगीत रहेको गीतमा संगीत संयोजन पूर्ण गुरुङको रहेको छ। गायक लीलाको सरर बसको झ्यालैमा, मलाई माया,कमल फूल फुल्यो, हातमा घडीजस्ता गीत चर्चित छन् भने गायक नकुलले यसअघि कर्कलाको पानी, पीपलु र वर, सुनकोसीमा बलेफी दोभानजस्ता गीत सार्वजनिक गरिसकेका छन्।

गीतमाथि बनेको आकर्षक भिडियोमा मोडलहरू लोमस शर्मा र अनु पराजुलीका साथमा सुदीप श्रेष्ठ, सुमन श्रेष्ठ, दीपा तामाङ र रूपा तिमल्सिनाले अभिनय र नृत्य गरेका छन्। मिलन श्रेष्ठले निर्देशन गरेको भिडियो राजाराम सिंखडाले कोरियोग्राफी गरेका छन् भिडियोमा सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्