संगीतमा अर्पणको समर्पण



क समयमा अर्पणराज गिरी गीत गाउनका लागि मञ्चमा उक्लिँदा उनलाई होच्याउनेहø नै अहिले उनको प्mयान बनेका छन्।

उनकै गृहक्षेत्र बागलुङकै एक महोत्सवमा गीत गाउन मञ्चमा उक्लिँदा बेला यो फुच्चेले के गाउँछ भनेर निरुत्साहित गर्नेहरू तब हेरेको हे-यै भए, जब उनले सुरिलो स्वरका साथ भटाभट गीत गाएर दर्शकको लगातारको हुटिङ र ताली पाए। दर्शकले नै ताली बजाउन थालेपछि उनलाई होच्याउनेहरू पछि त ताली पड्काउँदै नाच्न पो थाले।

त्यही मञ्चमा उभिएर पूर्ण आत्मविश्वासका साथ लगातार दमदार गीत गाउन थालेपछि दर्शकको त के कुरा, आयोजकले नै रमाएर हुटिङ गर्दै र ताली पड्काउँदै दर्शकसँगसँगै नाच्न थालेको सम्झेर अर्पण अहिले पनि दंग पर्छन्। ञदर्शकले मेरो गीत र स्वर मन पराएपछि अर्गनाइजरबाट पनि राम्रो रेस्पोन्स भयो। एक दिनको लागि भनेर गीत गाउन गएको मैले आयोजकको अनुरोधमा भोलिपल्ट पनि गीत गाउनु त प-यो नै, तीनै आयोजकले पछि पछि पनि कार्यक्रमका लागि मलाई बोलाइरहन थालेु अर्पणले सुनाए।

बागलुङको जैदीका ३० वर्षीय गायक अर्पणराज गिरीले एक दशक बढी भयो नेपाली गीत संगीतको क्षेत्रमा साधना गरेको। यो एक दशकको अवधिमा उनले विभिन्न फरक विधाका थुप्रै मिठासपूर्ण गीत यो क्षेत्रलाई सुम्पिसकेका छन्। तर, गायकका साथसाथै संगीतकार, रचनाकार, मोडल, संगीत प्रशिक्षकको चिनारी बनाउन सफल बहुप्रतिभाशाली उनले आजको दिनसम्म आइपुग्नका लागि घाट घाटको पानी पिउँदै थुप्रै जोर चप्पल र जुत्ता फटाएका छन्।

लोक, दोहोरी, तीज, सालैजोजस्ता गीत संगीतका अनेकन विधाका गीत गाएर आफूलाई स्थापित गायकका रूपमा चिनाउन सफल अर्पणले यो एक दशकको अवधिमा थुप्रै गीत गाएका छन्। त्यसमध्ये पनि पटुकी पोकैमा गाएपछि भने उनको लोकप्रियता र पहिचान चुलिन पुग्यो। यो गीतपछि अर्पणले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन।

गीत रेकर्डिध्रदेखि जिल्ला जिल्लामा हुने सांगीतिक मेला महोत्सवमा समेत छाउँदै आएका छन्। अर्पणले प्रल्हाद सुवेदीको शब्द रचना र एकनारायण भण्डारीको संगीतमा पूर्णकला बिसीका साथ गाएको उक्त गीतले विन्ध्यावासिनी म्युजिक अवार्ड २०७२ का तीन विधा शब्द, लय र नवगायक मनोनयनमा पर्न सफल भयो भने गीतको शब्दले अवार्ड नै जितायो।

त्यो गीतको सफलतासँगै उनको लोकप्रियता र व्यस्तता यति बढ्न पुग्यो कि गृहजिल्ला बागलुङकै कार्यक्रममा १२ पटक प्रस्तुति दिइसकेका छन्। आप्mना गीत गाउनका लागि पर्वत, प्युठान, रोल्पा, रामेछाप, तनहुँ, गुल्मीलगायतका २० जिल्ला पुगिसकेका अर्पणले आफू गायन क्षेत्रमा जम्ने छनक बाल्यकालमै दिइसकेका थिए।

उनी गाउँमा हुने विभिन्न पूजाआजा, विवाह, व्रतबन्धमा हुने भजन+कीर्तनदेखि नाचगानका कार्यक्रममा गीत गाउन घण्टौं हिँडेर टाढा टाढासम्म पुग्थे र गीत गाइसकेपछि स्याबासी पाउँथे। आठ कक्षा पढ्दाताका त माइक्रोफोन नै सम्हालिसकेका उनले विष्णु खत्रीको सम्झेर यो मन रोको छ गीत गाउँदा लामो समयसम्म तालीको गड्गडाहट बजेको सम्झना उनले सुनाए। सानोमा गाउँमा स्थानीय कार्यक्रममा गीत गाउँदा जहाँ-जहाँ कम्पिटिसन हुन्थ्यो, त्यहाँ पुरस्कार जितेरैै फर्कन्थेुं उनले सुनाए।

पोखरा पुगेर स्थानीय एफएममा रेडियो प्रस्तोताको अनुभवसमेत संगालेका बहुमुखी प्रतिभाका धनी उनले पोखरा बसाइकै क्रममा आफ्नै रचनामा सम्झेर यो मन रोको छ बोलको लोकगीत रेकर्ड गराए। गीत त्यति साह्रो चलेन, तैपनि उनी बिचलित भएनन्, काठमाडौं पुगेर गीत रेकर्ड गराए मलाई मेरै हालतमा बाँच्न दिए हुन्छ। सांगीतिक क्षेत्रमा संघर्ष गर्ने क्रममा उनले २०६८ सालतिर पोखराका दोहोरी साँझमा गीत गाउन थाले। यसबाट उनलाई आम्दानीसँगै प्रशस्त रियाज पनि हुन्थ्यो।

हाल राजधानीको दोहोरी साँझमा गीत गाएर संगीतप्रेमीको सांगीतिक प्यास मेटाउँदै आएका अर्पणको पहिलो गीत सम्झेर यो मन रोको छ हो। जसमा गीत रचना उनी स्वयंको थियो। त्यसपछि उनले देवी घर्तीसँग चोखो माया ला’छ, आफ्नै शब्द र संगीतमा टीका पुनसँग गाएको मलाई मेरै हालतमा बा“च्न दिए हुन्छ, पूर्णकला बिसीसँगको लाजले पो मा-यो गाए, तर पहिचान भने त्यसपछिको गीत पटुकी पोकोबाट पाए।
गीत संगीतलाई करियर बनाउने क्रममा यसको प्रशिक्षणसमेत लिएका उनी सिकेरै यो क्षेत्रमा आउनुपर्ने बताउँछन्। एक दशकदेखि नवराज बराल, मनोजराज शिवाकोटी, चण्डिप्रसाद काफ्ले, नरहरि प्रेमीजस्ता विभिन्न संगीतकर्मीसँग गीत संगीत सिकिरहेका उनी श्रृति संगीत अनामनगरमा बेसिक कोर्स सिकाइरहेका पनि छन्।

संगीत सिक्नु र सिकाउनुका साथ दैनिक बिहान दुई घण्टा रियाज पनि गर्छन्। रियाज नै हो गायनलाई खार्ने साध्य होु विशेष गरी लोकगीतमा रमाउने उनी भन्छन् धेरैले लोकगीतलाई हल्कारूपमा लिने गर्दछन्। तर, आधुनिक सुगम संगीतमा जस्तै यो विधामा पनि प्रशस्त साधनाको जरुरत पर्दछ। साधनाबिना सफलता असम्भव छ।

लोकस्टार-१ को प्रिजज तथा राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरको कार्यसमिति सदस्य रहेका उनले २०७८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका छन् भने हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डबाट सर्वोत्कृष्ट गायकको अवार्ड चुमेका छन्।

मनको पीडा लेख्न नपाउँदै, भयौ बिरानी, हातको सिरानी, मीठो पिरतीले बोलका लोक गीत, चोखो माया लाग्छ, मलाई मेरै हालतमा, पटुकी पोकोमा के होला, मेरो दबाई गर मायालु, मिठो पिरती, जताजता गुलियो उतै भुलियो, मीठो पिरती बोलका दोहोरी गीत, लाजले पो भाग्यो बोलको पञ्चेबाजा गीत, कलंकीमा जाम प-यो बोलको सालैजो गीत, दिदी बहिनी हो, त्यही बानी सही लाग्यो बोलको तीज गीत र ट्रेडिङ नम्बर वन बोलका गीतका यी गायक सर्जक थुप्रै सांगीतिक अवार्डको नोमिनेसनमा पर्दै आएका छन् भने पञ्चेबाजा, शितको थोपा पातमा बोलका उनका गीत चाँडै नै बजारमा आउँदै छन्।

प्रतिक्रिया दिनुहोस्