काठमाडौं-७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषीलाई राप्रपा नेपालको समर्थन



काठमाडौं । राप्रपा नेपालबाट काठमाडौं–७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन् ।

नेपाल समाजवादी पार्टीकी नेत्री तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की मानुषी नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी छिन् ।

श्रेष्ठ कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्