विश्वको जनसंख्या ८ अर्ब पुग्यो



काठमाडौं ।

विश्वको जनसंख्या मंगलबारबाट ८ अर्ब पुगेको छ । औसत आयुमा आएको वृद्धि र बालमृत्युदर कमी भएका कारण विश्वभर जनसंख्याको वृद्धिदर तीव्र रूपमा भइरहेको छ ।

संयुक्त राष्ट्रसंघले पछिल्ला दशकमा बालमृत्युदरमा कमी र मानिसको आयुमा भएको वृद्धिले जनसंख्या बढेको जनाएको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासले मानिसको आयु बढाएको र मातृ तथा बालमृत्युदर घटेकाले जनसंख्या बढेको बताउनुभएको छ ।

विश्वको जनसंख्या १० वर्षमा १ अर्बले बढेको छ । यही अनुपातमा जनसंख्या बढ्दै जाने हो भने अबको केही दशकमा नै विश्वको आवादी सोचेभन्दा बढी हुने र पृथ्वीले त्यसलाई धान्न नसक्ने जनसंख्याविद्हरूले बताएका छन् ।
बिसौं शताब्दीको उत्तराद्र्धमा विश्वको जनसंख्या वृद्धि तीव्र गतिमा शुरू हुन थालेको थियो । सन् २०३६ सम्ममा विश्वको जनसंख्या ९ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

सन् २०१९ मा विश्वमा बसोबास गर्ने मानिसको औसत आयु ७२ दशमलव ८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता मानिसको औसत आयुमा ९ वर्ष थपिएको छ । सन् २०५० सम्ममा यो बढेर अनुमानित ७७ दशमलव २ वर्ष पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्