पीएसजीको सानदार जित



लन्डन, (एजेन्सी) । 

फ्रेन्च लिग वानमा अपराजित रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जितको नतिजा निकालेको छ । घरेलु मैदानमा पीएसजीले अक्जिरमाथि ५–० गोलअन्तरको सानदार जित हात पारेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे, कार्लाेस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको पीएसजीको दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो ।पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नुनो मेन्डिसको पासलाई सदुपयोग गरेका थिए । पीएसजीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो । ५१औं मिनेटमा नुनो मेन्डिसको पासमा कार्लाेस सोलेरेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।

खेलको ८१औं मिनेटमा परिवर्तित खेलाडी रेनाटो सान्चेजले अर्का परिवर्तित खेलाडी ह्युगो इटिकेको पासमा गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अघि बढाए । रेनाटो ६१औं मिनेटमा कार्लाेस सोलेरको स्थानमा तथा ह्युगो ७५औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । ८४औं मिनेटमा ह्युगोले गोल गर्दै पीएसजीलाई ५–० को फराकिलो जित दिलाए । यस जितसँगै लिग वानमा अपराजित रहेको पीएसजीको १५ खेलबाट ४१ अंक पुगेको छ । पीएसजीले १३ जित र २ बराबरीको नतिजा निकालेको छ । पराजित अक्जिर १३ अंक छ ।

त्यसैगरी, आत्मघाती गोलको सहायतामा एसी मिलानले इटालियन सिरी ‘ए’ मा संघर्षपूर्ण जित निकाल्दा युभेन्ट्सले सहज जित निकालेको छ । मिलानले घरेलु मैदानमा फियोरेन्टिनालाई २–१ ले पराजित गरेको हो । मिलानको जितमा राफायल लियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फियोरेन्टिनाका एन्टोनिन बराकले एक गोल फर्काए । मिलानोमा आइतबार राति भएको खेलको दोस्रो मिनेटमा राफायल लियोको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा एन्टोनिन बराकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि, बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा निकोला मिलिन्कोभिचले आत्मघाती गोल गरेपछि मिलान २–१ ले विजयी हुन सफल भयो । यस जितसँगै मिलानले १५ खेलबाट ३३ अंक जोडेको छ । पराजित फियोरेन्टिना १९ अंक रहेको छ । त्यस्तै, सिरी ‘ए’ कै अर्को खेलमा युभेन्ट्सले लाजियोलाई ३–० ले पराजित ग¥यो । युभेन्ट्सको जितमा मोइस किनले दुई तथा एर्काडिअस्ज मिलिकले एक गोल गरे । यस जितसँगै युभेन्ट्सको १५ खेलबाट ३१ अंक पुगेको छ । पराजित लाजियो ३० अंक छ ।

प्रतिक्रिया दिनुहोस्