तिलगंगा अस्पतालमा मधुमेहको असर सम्बन्धी सचेतना सप्ताह



काठमाडौं ।

‘मधुमेह सेवामा पहुँच बढाऔं सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौ’ भन्ने मुल भाव तथा नारा अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाउँदैछ ।

‘मधुमेह सेवामा पहुँच बढाऔं साथै सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौं’ नारासहित कार्तिक २५ देखि मंसिर १ सम्म सचेतना सप्ताह मनाउन लागिएको अस्पतालले जनाएको छ।

मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउन शनिबार साइकल -यालीको आयोजना गरिएको छ। तिलगंगाबाट लैनचौर हुँदै स्वयम्भु र स्वयम्भुबाट टेकु, त्रिपुरेश्वर, नयाँ बानेश्वर हुँदै तिलगंगासम्म फर्किने गरी साइकल -याली निकाल्न लागिएको हो। त्यस्तै अस्पताल हाताभित्र जानकारीमूलक सामग्रीहरु वितरण गर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्