कांग्रेसद्वारा वागी उम्मेदवारलाई पार्टीबाटै निष्काशित



काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएकालाई पार्टीबाटै निष्काशित गरेको छ । आज (बुधबार) वागी उम्मेदवार र निजका प्रस्तावक एवं समर्थकलाई पार्टीबाट निष्काशित गरेको कांग्रेसले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यसकासाथै अन्य पार्टी प्रवेश गरि उम्मेदवार भएकाहरुको नामावलीसमेत अभिलेखबाट तत्काल हटाउन केन्द्रीय अनुशासन समितिमा नामावली पठाई दिन निर्देशन दिएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि साधारण सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश दिएको छ ।

अभिलेखबाट हटाउनुपर्ने व्यक्तिहरुको नामावली :

१. रामकुमार राई, क्षेत्रीय सभापति क्षेत्र नं. २ उदयपुर, निजका प्रस्तावक- लिलाराज दनुवार (क्षेत्रीय प्रतिनिधि) र समर्थक मिनकुमार दाहाल (क्रियाशील सदस्य)

२. जयप्रसाद सुवेदी, क्षेत्रीय प्रतिनिधि, उदयपुर, निजका प्रस्तावक- भरत कार्की (प्रदेश अधिवेशन प्रतिनिधि)

प्रतिक्रिया दिनुहोस्